
काठमाडौं । रास्वपाका सांसद मनिष झाले तिनकुने घटनामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तापक्षबाट भएको अराजकता पनि सम्झिन आग्रह गरेका हुन्।
तिनकुने प्रदर्शनमा गृह प्रशासनले जम्मा ४ हजार मान्छे आएको भनेको थियो भन्दै त्यो संख्या किन सम्हाल्न सकिएन भनेर सरकारमाथि प्रश्न गरे ।
सांसद झाले तीनकुने घटनामा गृह प्रशासन पूर्ण रूपमा चुकेको भन्दै यस घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग पनि उनले गरे ।
उनले भने, ‘गृह प्रशासनले चार मान्छे किन सम्हाल्न सकेन रु सविन महर्जनमाथि गोली लागेको थियो, उ ढुंगा हानिरहेको थिएन, उ हिँडेर फर्किरहेको बेलामा पछाडिबाट गोली हानिएको छ । भिडिओ अहिले छ्याप्छ्याप्ती छ ।’
राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो भने सबिन महर्जनको प्रहरीको गोली लागी मृत्यु भएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
