
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकमा देखिएको आक्रोश राजा फर्काउने नभएर सरकारको कु–कर्मको फल भएको बताएका छन् ।
उनले सरकारको आक्रोशविरुद्ध सडकमा जनमत उर्लिएको दाबी गरे । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफू गोली खान तयार भएको बताए । उनले आफूलाई सक्नेहरूसामु शिर निहुर्याएर नहिँड्ने दाबी गरे ।
‘गोली खान तयार छु । एक पटक हामी जस्तै सदनमा योग्य मान्छे ल्याउनुस् । दुईजना चोर मिलेर साधु हुँदैनन,’ लामिछानेले भने, ‘यो सरकारले सडकमा आएको चार हजार मान्छे कन्ट्रोल गर्न सकेन । अहिले सडकमा देखिएको आक्रोश राजाको पक्षमा होइन । ठूला दलको कु–कर्मको परिणाम हो । यो कुरा लामो समय टिक्दैन ।’
उनले गणतन्त्रवादी दलहरुलाई सम्बोधन गर्दै फोटो खिचाउने रहर नभएको बताए । ‘तपाईंहरूको कित्तामा उभिएर फोटो खिचाउने रहर छैन । तपाईंहरू जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन’, उनले भने, ‘तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ ।’
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
