
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् ।
लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्न सभामुखलाई भेटेका हुन् ।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो ।
संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो ।
रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ । सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
