मंगलबार, चैत्र १८ २०८१    

सुनको मूल्य आज पनि नयाँ उचाईमा, तोलामा १ लाख ८० हजार नजिक

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, चैत्र १८ २०८१
  • सुनको मूल्य आज पनि नयाँ उचाईमा, तोलामा १ लाख ८० हजार नजिक

    काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ ।

    यस दिन सुनको मूल्य तोलाको १ हजार ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार