
काठमाडौँ । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम प्रक्रिया अगाडि बढेको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार महर्जनको पोस्टमार्टम केही बेरमा सुरु हुनेछ ।
‘महर्जनको पोस्टमार्टम केही बेरमै सुरु गर्न लागेका छौं,’ फोरिन्सक विभाग स्रोतले भन्यो, ‘साँझसम्ममा पोस्टमार्टम रिर्पोटसहित परिवारलाई शव जिम्मा लगाउँछौं ।’
रिर्पोटिङको क्रममा आगोलले जलेर मृत्यु भएका फोटा पत्रकार सुरेश रजकको भने पोस्टमार्टम गर्न केही दिन लाग्ने छ ।
स्रोतका अनुसार अस्पतालमा एक्सरे मेसिन उपकरण बिग्रिएको कारणले रजकको पोस्टमार्टम गर्न ढिलाइ भएको हो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
