बुधबार, चैत्र १९ २०८१    

एसईईको परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र १९ २०८१
  • एसईईको परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो असार ७ गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ ।

    यही चैत ७ गतेदेखि शुरू भएको परीक्षा हिजो सकिएको हो । यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । एसईईमा सबैभन्दा धेरै काठमाण्डौमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ जना सहभागी थिए । जापानको एक परीक्षा केन्द्रमा २९ जनाले एसईई दिएका छन् ।

    यस वर्ष परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । सरकारले परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । गएको वर्ष २०८० सालको एसईईमा ४८ प्रतिशतमात्रै विद्यार्थी पास भएका थिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार