
एनआईसी एशिया बैंकले आफ्ना ग्राहक तथा इसेवा वालेट प्रयोगकर्ताहरूलाई अझ सरल, सहज, र प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले एटीएम कार्ड बिना नै इसेवा वालेटबाट नगद झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। अब मुलुकभर रहेका ६७० शाखारहित एटीएमहरू मार्फत कुनै झन्झटबिना रकम निकाल्न सकिनेछ।
यस सेवाको प्रयोग विधि:
- इसेवा एपमा लगइन गरी ‘बैंकिङ्ग सेवा’ अन्तर्गत ‘एटीएम क्यास आउट’ विकल्प चयन गर्नुहोस्।
- एनआईसी एशिया बैंक छनोट गरी रु. १,०००, रु. २,०००, रु. ३,०००, रु. ४,००० वा रु. ५,००० को विकल्प रोज्नुहोस्।
- आवश्यक विवरण भरिसकेपछि इसेवा पिन प्रविष्ट गरी अगाडि बढ्नुहोस्।
- तपाईंको मोबाइल नम्बरमा एक ‘आईटीपी कोड’ प्राप्त हुनेछ।
- एनआईसी एशिया बैंकको एटीएममा गई ‘कार्डरहित नगद झिक्ने’ विकल्प चयन गरी ‘इसेवा’ रोज्नुहोस्।
- मोबाइलमा प्राप्त ‘आईटीपी कोड’ प्रविष्ट गरी प्रोसिड गरेपछि तपाईंले अनुरोध गरेको रकम प्राप्त हुनेछ।
सेवाको सीमा तथा सर्तहरू:
✅ प्रत्येक दिन अधिकतम ५ वटा कारोबारमार्फत ५,००० रुपैयाँ सम्म निकाल्न सकिने।
✅ मासिक रूपमा अधिकतम ५० वटा कारोबारमार्फत २५,००० रुपैयाँ सम्मको रकम निकाल्न सकिने।
एनआईसी एशिया बैंक सधैं आफ्ना ग्राहकहरूलाई नविनतम प्रविधिमैत्री सेवा प्रदान गर्न प्रतिबद्ध छ। यस सुविधामार्फत नगदरहित भुक्तानी प्रवर्द्धन गर्दै डिजिटल बैंकिङ्ग अनुभवलाई थप सहज बनाउन मद्दत पुग्नेछ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
