
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले सर्वसाधारणमा मास्क लगाएर हिँड्न आग्रह गरेको छ ।
मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा वायु प्रदूषणबाट जोगिन सर्वसाधारणले अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।
वातावरण विभागको बुधबार साँझ ५ः३० बजेको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा काठमाडौंका चार स्थान अति अस्वस्थकर छन् ।
रत्नपार्क, शंखपार्क, भक्तपुर र भैँसेपाटीको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २०० भन्दामाथि छ ।
एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
काठमाण्डौ आज विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा परेको छ । आज सबैभन्दा धेरै प्रदुषण इराकको बगदाद रहेको छ । त्यहाँ आज बिहान एक्यूआई ११ सयभन्दा माथि पुगेको थियो । अहिले भने त्यहाँको एक्यूआई ६०७ पुगेको छ ।
पीएम २.५ बढेको अवधिमा मर्निङ वाक, घरबाहिरका व्यायामजस्ता क्रियाकलाप नगर्न डब्लूएचओले सुझाव दिएको छ । काठमाडौंको हकमा बिहानी समयमा २.५ को मात्रा उच्च हुने भएकाले पनि मर्निङवाक घातक हुनसक्ने डब्लूएचओ नेपालको सुझाव छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
