बिहिबार, चैत्र २० २०८१    
Galaxy Khabar
SKIP THIS

कामपाको बैठक बालेनको उपस्थिति बिना नै सुनीताले नै चलाइन्

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, चैत्र २० २०८१
  • कामपाको बैठक बालेनको उपस्थिति बिना नै सुनीताले नै चलाइन्

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रमुख बालेन शाहबीना बैठक सञ्चालन गरेका छन्।

    आज (बिहीबार) वडा अध्यक्ष र कर्मचारीहरूले कार्यालयको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छिराएपछि बैठक सञ्चालन गरेका हुन्। उनीहरूले पटक-पटक बैठक र छलफलका लागि बालेनलाई अनुरोध गर्दा पनि उनी नआएपछि मेयर बालेनबिनै बैठक सुरु भएको थियो।

    कार्यालयभित्र बैठक बसे पनि ढोका लगाएर पत्रकारहरूलाई भने छिर्न दिइएको छैन। वडाअध्यक्षहरूले बालेनको चर्को विरोध गरेका छन्। सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।

    तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो।

    त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्‍यो। त्यसयता उनी निलम्बनमा परेका थिए।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार