
काठमाडौ । वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने २८ वर्षीय सुरेश माक रहेका छन् ।
सुरेशले आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिने भन्दै पाँच जनाबाट ३२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई काठमाण्डौ महानगरपालिका–६ बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
