बिहिबार, चैत्र २० २०८१    
Galaxy Khabar
SKIP THIS

हाजिर गरेर हिँडे प्रशासकीय अधिकृत गुरागाईं

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, चैत्र २० २०८१
  • हाजिर गरेर हिँडे प्रशासकीय अधिकृत गुरागाईं

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गरेर हिँडेका छन् ।

    वडाध्यक्षहरू र जनप्रतिनिधिको जोडबलमा नगर प्रहरीको घेरा तोडेर कार्यालयमा छिरेका उनी हाजिर गरेर सिंहदरबारतिर हिँडेका हुन् ।

    उनको कार्यकक्षमा चार साढे ३ महिनादेखि लागेको ताला पनि कर्माचारीले फुटाइदिएका छन् । मेयर बालेन्द्र साहले लगाएको ताला नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले खोल्न अस्वीकार गरेपछि कर्चारीले फोडेर गुरागाईंलाई कार्यकक्षमा छिरएका हुन् ।

    उनले त्यसपछि कार्यकक्षमा हाजिर गरेर उपमेयर सुनिता डंगोलसहितसँग बैठक गरेका थिए । बैठक सकेपछि उनी वन तथा वातावरण विभागको गाडी चढेर सिंहदरबार गएका हुन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार