शुक्रबार, चैत्र २१ २०८१    

आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग भेट्दै कार्यवाहक प्रधानमन्त्री

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, चैत्र २१ २०८१
  • आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग भेट्दै कार्यवाहक प्रधानमन्त्री

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्ने भएका छन् ।

    महासंघका पदाधिकारीसँग सिंहले आज दिउँसो ३ बजे सिंहदरबारमा छलफल गर्ने भएका हुन् ।

    बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो ।

    शुक्रबार हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौं आएका छन् । २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार