शुक्रबार, चैत्र २१ २०८१    
Galaxy Khabar
SKIP THIS

अन्तरिम आदेश नपाएपछि पत्रकार सम्मेलन गर्दै कुलमान

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, चैत्र २१ २०८१
  • अन्तरिम आदेश नपाएपछि पत्रकार सम्मेलन गर्दै कुलमान

    काठमाडौं । आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि कुलमान घिसिङले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै छन्।

    अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट आज घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ।

    न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले तीन दिन लगातारको सुनुवाइपछि घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

    सर्वोच्चको आदेशअनुसार अब नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नै रिटको अन्तिम टुंगो नलागेसम्म निरन्तर काम गर्न पाउने भएका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार