
काठमाडौं । सभामुख देवराज घिमिरे उज्बेकिस्तान प्रस्थान गरेका छन्।
अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी शुक्रबार बिहान राजधानी तास्केन्ट प्रस्थान गरेका हुन्।
प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद सचिवालयका उपसचिव राजु रिमाल रहेका छन् ।
अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ।
अन्तरव्यवस्थापिका संघको सभामा सभामुख घिमिरेले “सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू” विषयमा सम्बोधन गर्नेछन्।
घिमिरेले चैत्र २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा “बन्दुङ आत्माको ७० वर्षको सम्झनास् बन्दुङ सिद्धान्तहरूको पालना गर्न संसदहरूको भूमिका” विषयमा मन्तव्य दिनेछन्।
उनले विभिन्न मुलुकका सभामुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्नेछन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
