शुक्रबार, चैत्र २१ २०८१    
Galaxy Khabar
SKIP THIS

सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, चैत्र २१ २०८१
  • सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका(७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफी रहेका छन् ।

    प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्विररभिडियो सम्बन्ध बिग्रिएपश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने र पीडितका आफन्तलाई पठाइदिने भनि धम्काउने, दुख हैरानी दिएका थिए ।

    पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार