
काठमाडौं । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।
महासंघले आइतबार बिहान विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।
विज्ञप्तिमा काठमाडौंमा जारी शैक्षिक सडक आन्दोलनलाई अन्तिम र निर्णायक चरण भनिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो।’
महासंघले सबै शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई काठमाडौंमा जारी आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ। साथै, हडताल अवधिभर उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार, शैक्षिक भ्रमणजस्ता गतिविधिमा सहभागी नहुन पनि निर्देशन दिएको छ।
यसले गर्दा देशभरको शैक्षिक प्रणाली प्रभावित हुने देखिएको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
