आइतबार, चैत्र २३ २०८१    

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र २३ २०८१
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँ कायम भएको हो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार