आइतबार, चैत्र २३ २०८१    
Galaxy Khabar
SKIP THIS

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि कुटपिट

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र २३ २०८१
  • सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि कुटपिट

    काठमाडौँ । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि कुटपिट भएको छ ।

    शनिवार राति बाटोमा हिँडिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो ।

    अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले आक्रमण गर्नेको पहिचान हुन नसकेको बताए । आक्रमणबाट ठगुन्नाको चिउँडो र आँखा नजिक चोट लागेको छ ।

    अपरिचित समूहबाट साङ्घातिक आक्रमण भएको बताउँदै महासचिव मगरले दोषी पत्ता लगाएर कारबाही गर्न माग गरे ।

    चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा ३९७ मतसहित अध्यक्षमा विजयी भएका थिए । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघबीच संयुक्त प्यानल बनाएर निर्वाचन लडेका थिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार