आइतबार, चैत्र २३ २०८१    

शेखर कोइराला भन्छन् – सरकारले शिक्षकका जायज माग पूरा गर्नुपर्छ

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र २३ २०८१
  • शेखर कोइराला भन्छन् – सरकारले शिक्षकका जायज माग पूरा गर्नुपर्छ

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

    विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा ऐन जारी गरेर आन्दोलित शिक्षकलाई काममा फर्कने वातावरण बनाउन आग्रह गरेका हुन्।

    सामाजिक संजालमार्फत नेता कोइरालाले भनेका छन्, ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बीच भएका सहमतिबमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’

    यतिबेला आम शैक्षिक हड्तालको घोषणा गरेर शिक्षकहरू काठमाडौं केन्द्रित भएर निर्णायक आन्दोलनमा छन्। सरकारले पहिले पनि सम्झौता गरेर झुक्याएको शिक्षक महासंघको आरोप छ।

    यसपटकको आन्दोलनमा विद्यालय शिक्षा ऐन लागू गर्ने वातावरण बनेपछि मात्रै आन्दोलन स्थगित हुने महासंघले जनाएको छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार