
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ।
उक्त बैठकबाट नेपाल राष्ट्र बैंंकका गभर्नर नियुक्त गर्ने सम्भावना छ । तर, सोमबार बिहान पौने ११ बजेसम्म सिफारिस समितिको बैठक भने नबोलाइएको बताईएको छ ।
गभर्नर सिफारिस समितिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा भट्टराई र डा. विश्व पौडेल सदस्य छन् । समितिले एक डेपुटी गभर्नरसहित सम्भावित तीन नाम सिफारिस गर्नेछ । उनीहरूमध्ये एकजनालाई सरकारले गभर्नरमा नियुक्त गर्नेछ ।
साथै, बैठकमा थाइल्याण्ड भ्रमणको विषयमा पनि समीक्षा हुनेछ। बैठकमा आन्दोलनरत शिक्षकको मागको विषयमा पनि छलफल हुने बताइएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
