सोमबार, चैत्र २४ २०८१    

महानगरले राप्रपालाई भृकुटीमण्डपमा प्रदर्शन गर्न दिएन अनुमति, अब बल्खुमा हुने 

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, चैत्र २४ २०८१
  • महानगरले राप्रपालाई भृकुटीमण्डपमा प्रदर्शन गर्न दिएन अनुमति, अब बल्खुमा हुने 

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न रोक लगाएको छ ।

    राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै चैत २२ गते प्रशासनलाई इमेलमार्फत् जानकारी गराएको थियो । तर, सुरक्षा संवेदनशीलता देखाउँदै जिल्ला प्रशासन कार्यालयले राप्रपालाई उक्त स्थानमा विरोध प्रदर्शन गर्न दिन नसकिने बताएको थियो ।

    प्रशासनले सो स्थानमा शिक्षक आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमजस्ता पूर्वनिर्धारित कार्यक्रम भइरहेको भन्दै जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा राप्रपालाई सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ।

    सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने बताएका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार