
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटवार्तामा प्रमुख राईले धरानको खानेपानी सुधारका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।
उनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि धरानको खानेपानी सुधारका लागि बजेट विनियोजनको मागसहितको औपचारिक पत्र बुझाएका छन् । नगर प्रमुख राईले धरान क्षेत्रमा खानेपानी आपूर्ति अझ प्रभावकारी र दिगो बनाउन बजेट आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवको ध्यानाकर्षण गराएका हुन् ।
मागलाई गम्भीरतापूर्वक लिएको जानकारी दिँदै मन्त्री यादवले आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् । मेयर साम्पाङ यसअघि पनि धरानमा खानेपानी माग गर्दै रित्तो गाग्रोसहित सिंहदरबार आएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
