
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान हुँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले गरेको आदेशलगत्तै पक्राउ परेका लामिछानेलाई सोमबार कारागार चलान गरिएको हो ।
लगत्तै, उनलाई शनिबार भैरहवा लगिएको थियो । शनिबार र आइतबार हिरासतमा बिताएका लामिछानेले सोमबार कारागार चलान भएका हुन् ।
लामिछाने कारागार चलान हुँदैगर्दा एक सञ्चारकर्मीले ‘अदालतको आदेशमा केही भन्नु छ ? ’ भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले भनेका छन्, ‘केही भन्नु छैन, सम्मान छ ।’
जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
