मंगलबार, चैत्र २५ २०८१    
Galaxy Khabar
SKIP THIS

नयाँ स्वादमा बजारमा आइपुग्यो ‘वाइवाई क्विक हट एन्ड स्पाइसी नुडल्स’

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, चैत्र २५ २०८१
  • नयाँ स्वादमा बजारमा आइपुग्यो  ‘वाइवाई क्विक हट एन्ड स्पाइसी नुडल्स’

    काठमाडौं । वाइवाईले नयाँ स्वादमा ‘वाइवाई क्विक हट एन्ड स्पाइसी नुडल्स’ बजारमा ल्याएको छ।

    प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्तालाई लक्ष्य गरी ल्याइएको उक्त चाउचाउको मूल्य ५० रुपैयाँ राखिएको सीजी फुड्सले जनाएको छ।

    चार दशकदेखि वाइवाईले नेपालमा मात्र नभई विश्व बजारमा समेत आफ्नो उत्पादन पुर्‍याइरहेको छ।

    हालै बजारमा ल्याइएको यो हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ ।

    वाइवाइले हालसालै ‘स्पाइसवर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबैभन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

    वाइवाइ क्विक हट एण्ड स्पाइसी नुडल्सको प्याकेजिङ समेत अन्य ब्रान्डभन्दा भिन्न, आकर्षक र युवा लक्षित रूपमा डिजाइन गरिएको छ। यसमा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ताहरूको चाहनालाई समेत समेटिएको छ, जो नयाँ स्वादको अनुभव खोजिरहेका हुन्छन् र पिरो स्वादको रोमाञ्चकतालाई मन पराउँछन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार