मंगलबार, चैत्र २५ २०८१    
Galaxy Khabar
SKIP THIS

माधव नेपाल भन्छन्- औचित्य समाप्त भइसकेको राजतन्त्र फर्किँदैन

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, चैत्र २५ २०८१
  • माधव नेपाल भन्छन्- औचित्य समाप्त भइसकेको राजतन्त्र फर्किँदैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन् ।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘यो पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको हो। औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ।’

    उनले राजतन्त्रवादीहरु धेरै चुरीफुरी नदेखाउन चेतावनी समेत दिए। साथै, अध्यक्ष नेपालले एमालेसँग कुनै पनि हालतमा एकता हुन नसक्ने स्पष्ट पारे ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार