मंगलबार, चैत्र २५ २०८१    

३.४४ अङ्कले घट्यो शेयर बजार

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, चैत्र २५ २०८१
  • ३.४४ अङ्कले घट्यो शेयर बजार

    काठमाडौँ । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ ।

    शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय ६६ दशमलव ६१ विन्दुमा झरेको छ ।

    आज फाइनान्स, उत्पादन, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार