बुधबार, चैत्र २६ २०८१    
Galaxy Khabar
SKIP THIS

‘प्रहरी ज्यादती’विरुद्ध मानवअधिकार आयोगमा उजुरी दिँदै रास्वपा

  • GalaxyKhabar

    बुधबार, चैत्र २६ २०८१
  • ‘प्रहरी ज्यादती’विरुद्ध मानवअधिकार आयोगमा उजुरी दिँदै रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘प्रहरी ज्यादती’विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिने भएका छन् ।

    न्यायिक प्रक्रिया नपुर्‍याई प्रहरीले गरेको पक्राउ, धरपकड, पक्राउ गर्नुअघि प्रहरीले सोधेको अन्तिम इच्छालगायतका विषयमा श्रृङखलाबद्ध ज्यादती गरिएको भन्दै ध्यानाकर्षण गराउन रास्वपा नेताहरु आयोग जान लागेका हुन्।

    एक प्रहरी अधिकारीले अन्तिम इच्छा सोधेकोमा रास्वपाका नेता–कार्यकर्ताले आपत्ति जनाएका थिए ।

    पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा तुलसीपुर उच्च अदालतको बुटबल इजलासको आदेशपछि गत शुक्रबार राति सुत्न लागेको बेला प्रहरीले पक्राउ गरि कारागार चलान गरिसकिएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार