
काठमाडौं । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड रुपैयाँ भन्दा बढीको धनमाल नष्ट भएको छ ।
स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई सेन्टरमा साँझ ७ बजेर २० मिनेटमा ग्यास सिलिन्डर विस्फोट भएर भीषण आगलागि भएको हो ।
जयगढ बजारमा रहेका १० वटा ढुगा माटोले बनेको घर, १५ वटा टीनले बनेको कच्ची घर र २ वटा पक्की घर गरी २७ वटा घर-पसलहरु पुर्ण रुपमा जलेर नष्ट भएको भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको थियो भने मानवीय र चौपाय क्षति भएको छैन।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
