बुधबार, चैत्र २६ २०८१    
Galaxy Khabar
SKIP THIS

हसिनाले मौनता तोड्दै भनिन्- विदेशी शक्तिले हटायो, संविधानअनुसार म नै बंगलादेशको प्रधानमन्त्री हुँ

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र २६ २०८१
  • हसिनाले मौनता तोड्दै भनिन्-  विदेशी शक्तिले हटायो, संविधानअनुसार म नै बंगलादेशको प्रधानमन्त्री हुँ

    काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले मंगलबार आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकहरूलाई अनलाइन सम्बोधन गरेकी छिन् ।

    भारत सरकारले बंगलादेशको राजनीतिक संकटको पछाडि ‘विदेशी हात’ हुनसक्ने भनी विष्लेषण गरेकै दिन बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाले मौनता तोड्दै अमेरिकामाथि आरोप लगाईन् । भागेर भारत आएपछि उनले यसअघि कुनै धारणा सर्वाजनिक गरेकी थिइनन् ।

    सन्देशमा उनले भनेकी छन्, ‘यदि मैले सेन्ट मार्टिन र बंगालको खाडी अमेरिकाका लागि छोडेको भए म सत्तामा रहीरहन सक्थें ।’

    हसिना सरकारको अमेरिकासँग लामो समयदेखि तनावपूर्ण सम्बन्ध थियो ।

    हसिनाले आफ्नो सम्बोधनमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई पनि निशाना बनाएकी थिइन् ।

    शेख हसिनाले भनिन्, ‘उनीहरूले यो सोच्नु हुँदैन कि म सबै कुरा छोडेर देश छोडेर गएँ । संविधान अनुसार, जनताको निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको छनोट गरिएको उम्मेदवारको रूपमा, म बंगलादेशको प्रधानमन्त्री हुँ । उनीहरूको शक्ति (मुहम्मद युनुसको अन्तरिम सरकार) को कुनै वैधता छैन ।’

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार