बुधबार, चैत्र २६ २०८१    
Galaxy Khabar
SKIP THIS

यू–१९ क्रिकेट:अन्तिम खेलमा नेपाल विजयी

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र २६ २०८१
  • यू–१९ क्रिकेट:अन्तिम खेलमा नेपाल विजयी

    काठमाडौँ । तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई हराएको छ ।

    मूलपानी मैदानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई डीएलएस मेथडका आधारमा ८५ रनले हरायो ।

    नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । वर्षाका कारण खेल शुरू हुने नसकेपछि नेपाल डीएलएस मेथडमा विजयी भएको हो ।

    अफगानिस्तानका फैसल शिनोजादाले १६, अजिजुल्लाह मिया खिलले नटआउट १५ रन बनाए । नेपालका अपराजित पौडेलले २ तथा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले १/१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभर ५ बलमा १ सय ९१ रन बनाउँदा अलआउट भयो । नेपालका साहिल पटेलले ४६, निरजकुमार यादवले ४२ रन बनाए । अफगानिस्तानका हफीज जाद्रनले ४ विकेट लिए ।

    युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितेको छ । अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो ।

    आउँदो आइतवारदेखि घरेलु मैदानमा हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलेको हो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार