बुधबार, चैत्र २६ २०८१    
Galaxy Khabar
SKIP THIS

तीनकुने घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र २६ २०८१
  • तीनकुने घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा

    काठमाडौ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।

    बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धतासभामा बोल्दै गुरुङले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।

    सामूहिक गिरफ्तारीको अगुवाइ आफूले गर्ने उनले बताए । उनले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा प्रकारको हुने उल्लेख गर्दै उनले अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको बताए ।

    गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै अहिले आफूहरू योजनामा व्यस्त रहेको उल्लेख गरे । उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार