
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरूलाई छलफलका लागि बोलाएका छन्।
आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सबै मन्त्रीहरूसहित बस्ने बैठकले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।
सरकार अहिले आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट बनाउने केन्द्रित छ।
सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
