
काठमाडौँ । हिजो बढेको शेयर बजार आज भने घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७० दशमलव ७० विन्दुमा झरेको छ ।
आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
