शुक्रबार, चैत्र २८ २०८१    

प्रहरीले भन्यो– दुर्गा प्रसाईं र उनका बडिगार्डलाई भद्रपुरबाट समात्यौं, साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याईंदैछ

  • GalaxyKhabar

    शुक्रबार, चैत्र २८ २०८१
  • प्रहरीले भन्यो– दुर्गा प्रसाईं र उनका बडिगार्डलाई भद्रपुरबाट समात्यौं, साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याईंदैछ

    काठमाडौं । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार भएका घटनाका नाइके दुर्गा प्रसाई झापाको भद्रपुरबाट पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रसाईँलाई उनका सुरक्षागार्ड दीपक खड्कासहित नियन्त्रणमा लिएको जनाएको हो ।

    हेडक्वार्टरले एक विज्ञप्ति जारी गरी प्रसाईं र उनका अंगरक्षक खड्कालाई भद्रपुरबाट नियन्त्रणमा लिइएको जनाउँदै आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जनाएको छ ।

    उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइने बताइएको छ । काठमाडौं ल्याइएपछि प्रहरीको अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ भने म्याद थपको कानुनी प्रक्रिया पनि सुरु गरिने जनाइएको छ ।

    प्रसाई गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ थिए । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

    सो घटनामा राप्रपाका नेतहरु रबिन्द्र मिश्र, धवलशमशेर राणा लगायत ७० भन्दा धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार