शुक्रबार, चैत्र २८ २०८१    
Galaxy Khabar
SKIP THIS

सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, शुक्रबार तोलामा ३९ सयले बढेर १ लाख ८५ हजार कायम

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, चैत्र २८ २०८१
  • सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, शुक्रबार तोलामा ३९ सयले बढेर १ लाख ८५ हजार कायम

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

    कारोबारको अघिल्लो दिन एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार ३९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको  छ ।

    आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार