शुक्रबार, चैत्र २८ २०८१    
Galaxy Khabar
SKIP THIS

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, चैत्र २८ २०८१
  • रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

    शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् ।

    सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

    उक्त आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो ।

    लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।

    उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति नियन्त्रणमा लिएको, न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप रास्वपाको छ ।

    बुधबार रास्वपाले प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई निवेदन बुझाएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार