शुक्रबार, चैत्र २८ २०८१    
Galaxy Khabar
SKIP THIS

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिन म्याद थप

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, चैत्र २८ २०८१
  • दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न  १२ दिन म्याद थप

    काठमाडौँ । तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ ।

    जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।

    न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ । प्रसाईं भारतबाटै पक्राउ परेको भनिएपनि प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको दाबी गरेको छ।

    प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो । चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप प्रसाईंमाथि छ । प्रसाईं नै संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो ।

    उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु हुनुका साथै तोडफोड, लुटपाट र आजगानीका घटना भएका थिए ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार