
काठमाडौँ । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका ६ जनालाई हाजिर जमानीमा छाडिने भएको छ ।
६ जनालाई हाजिरी जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमती दिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो । हाजिरी जमानीमा छाड्न लागिएकाहरू भने भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बतायो ।
‘एकदमै सामान्य अवस्थाका, भुईंको एकरदुई दाना स्याउ, सुन्तला टिप्नेहरूलाई छाड्न लागिएको हो,’ परिसर स्रोतले जनाएको छ ।
छाड्ने प्रक्रियामा रहेको भन्दै प्रहरीले नाम भने खुलाएको छैन ।
हाजिरी जमानीमा छाड्न भन्दै प्रहरीले सरकारी वकिलसँग राय लिएको थियो । सो सरकारी वकिल कार्यालयले समेत छाड्न अनुमति दिएकाले उनीहरुलाई आजै छाडिने प्रहरीले जनाएको छ ।
यो प्रकरणमा अहिलेसम्म ८० जना पक्राउ परेर म्याद लिँदै हिरासतमा राखिएको छ । उनीहरू ६ जना छुट्ने भएपछि अब ७४ जना प्रहरीको हिरासतमा रहने भएका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
