आइतबार, चैत्र ३० २०८१    

नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने माओवादी अध्यक्ष प्रचण्डको संकेत

  • GalaxyKhabar Desk

    आइतबार, चैत्र ३० २०८१
  • नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने माओवादी अध्यक्ष प्रचण्डको संकेत

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका छन् ।

    अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नयाँ सरकार बन्ने संकेत गरेका हुन्।

    अध्यक्ष प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ। नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

    उनले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको बताए। प्रचण्डले माओवादी केन्द्रले सरकारमा जानेबारे ध्यान नदिएको पनि स्पष्ट पारे ।

    उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गरे ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार