
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ ।
यसअघि एक लाख ८५ हजार रुपैयाँ प्रतितोला पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिले सम्मकै उच्च मूल्य हो ।
अघिल्लो कारोबार दिन (शुक्रबार) छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यो पनि उच्च मूल्य थियो ।
यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला १९६० रुपैयाँमा कारोबार भईरहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
