आइतबार, चैत्र ३० २०८१    

सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र ३० २०८१
  • सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

    काठमाडौं । २० चैतदेखि काठमाडौंमा भेला भएर आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच सरकारका प्रतिनिधिहरुबीच आज पनि संवाद हुने भएको छ ।

    बिहीबार पनि शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा छलफल भएको थियो ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएका छन् । यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन्।

    नयाँ शिक्षा ऐन जारी गर्ने विषयमा पनि सरकारको प्रस्ट धारणा हुनुपर्ने महासंघको माग छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।

    महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार