
काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको छ ।
आईतबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय प्रशासनले सो जानकारी दिएका हुन् । सो घटनामा ३३ जना घाइते भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
साथै जिल्ला प्रशासनले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि जारी गरेको कर्फ्यु आदेशको समय थप गरेको छ । स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।
हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि हिन्दू र मुस्लिम समुदायबीचबीच वीरगन्जको छपकैयामा पुगेपछि झडप भएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
