मंगलबार, बैशाख २ २०८२    
Galaxy Khabar
SKIP THIS

महामन्त्री थापा गुनासो गर्दै भन्छन्- देश ट्याक्टरको स्पिडमा चल्दा नागरिकको अपेक्षाअनुसार काम गर्न सकेन

  • GalaxyKhabar Desk

    मंगलबार, बैशाख २ २०८२
  • महामन्त्री थापा गुनासो गर्दै भन्छन्- देश ट्याक्टरको स्पिडमा चल्दा नागरिकको अपेक्षाअनुसार काम गर्न सकेन

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री, गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित कांग्रेसनिकट बौद्धिक पेसाकर्मीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

    उनले देशले कंकर्ड (तीब्र गतिमा चल्ने यात्रुवाहक विमान) को गति लिनुपर्ने बेलामा ट्याक्टर जस्तो चलिरहेकोमा असन्तुष्टि व्यक्त गरे । तर सरकार र गठबन्धन बदल्ने पक्षमा भने आफू नरहेको प्रष्ट पारे ।

    उनले भने, उत्साहका साथमा धेरै कुरा बदल्ने भनेर लागेको पनि हो । तर बिस्तारै के लाग्न थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ । आज एउटा, भोलि एउटा, पर्सि एउटा, एउटा माहौल बनाउनुपर्नेछ, यहाँ राम्रो भएको छ भनेर । सरकार ट्याक्टरको स्पिडमा छ । मान्छेको अपेक्षाको गतिअनुसार काम हुन सकेको छैन । गति नै पक्रन सकेन ।’

    सरकारले गति बढाएर काम गरेको भए अहिले सडकमा आन्दोलन देख्नु पर्ने अवस्था नै नआउने उनको भनाइ छ ।

    सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएको बताउँदै उनले खबरदारीको गर्नुपरेको बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार