मंगलबार, बैशाख २ २०८२    
Galaxy Khabar
SKIP THIS

हावाहुरीले विद्युत अवरोध भएको हो, लोडसेडिङको भ्रम नफैलाऔँ : विद्युत प्राधिकरण

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, बैशाख २ २०८२
  • हावाहुरीले विद्युत अवरोध भएको हो, लोडसेडिङको भ्रम नफैलाऔँ : विद्युत प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको छ।

    सोमबार एक विज्ञप्ति जारी गर्दै हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक बनाएको प्राधिकरणले जनाएको हो।

    विज्ञप्तिमा भनिएको छ,‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि(मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।’

    अवरूद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट काम भइरहेको र अधिकांश ठाउँमा आपुर्ति भइसकेको पनि उल्लेख गरेको छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार