
काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षालगायत सम्पूर्ण शैक्षिक गतिविधिबाट अलग रहने घोषणा गरेको छ ।
महासंघले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा प्रक्रियामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि भूमिकामा नबस्न सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो ।
महासंघले आज विज्ञप्तिमार्फत् चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन जारी रहेको भन्दै यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन भनेको छ ।
महासंघले शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न आग्रह गर्दै प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा बोलाएको छ ।
महासंघको यस्तो घोषणाले कक्षा १२ को परीक्षालगायत सम्पूर्ण शैक्षिक कार्यक्रमहरूमा प्रभाव पर्ने देखिन्छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
