
काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्टसँगको सहकार्यमा ग्राहकरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16 योजना घोषणा गरेको छ ।
यस योजनामा सहभागी हुने ग्राहकहरुले आइफोन १६ जित्न सक्नेछन् ।
बैंकका अनुसार साे योजनामा सहभागी हुनका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।
योजना अवधि समाप्त भएपछि योजनामा सहभागी हुने ग्राहकमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहक महानुभावलाई विजेता घोषणा गर्दै आइफोन १६ प्रदान गरिने बैंकले जनाएकाे छ ।
योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
