मंगलबार, बैशाख २ २०८२    
Galaxy Khabar
SKIP THIS

महामन्त्री थापा भन्छन् – सरकारको कामले गति लिन सकेन

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, बैशाख २ २०८२
  • महामन्त्री थापा भन्छन् – सरकारको कामले गति लिन सकेन

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्ने गरी सरकारले गति लिन नसकेको बताएका छन्।

    आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको जिकिर गरे ।

    सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवर्द्धन लगायतका विषयहरूमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरेपनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको उनले बताए । महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गरे ।

    महामन्त्री थापाले युद्धस्तरमा काम गर्नुपर्ने भएपनि नेतृत्व तहबाट काम हुन नसकेको आरोप लगाए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार