
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाट दिने भएको छ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सुचना जारी गर्दै आज बिहान ११ बजेदेखि सो अनलाइन सेवा सुरु गरिएको जानकारी दिएका हुन् ।
अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ ।
परीक्षा नियन्त्रक जोशीका अनुसार तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए ।
साथै, आगामी जेठ १५ गतेदेखि भने परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
