मंगलबार, बैशाख २ २०८२    
Galaxy Khabar
SKIP THIS

२७ अंकले बढ्यो नेप्से

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, बैशाख २ २०८२
  • २७ अंकले बढ्यो नेप्से

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अंकले बढेर २ हजार ६८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ।

    आज विभिन्न ३२० कम्पनीका २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार ३६४ पटक खरिदबिक्री हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ।

    म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ६४ प्रतिशतको गिरावट देखिएको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

    सबैभन्दा धेरै विकास बैंक समूह २ दशमलव ४६ र लगानी समूह २ दशमलव ७१ ७१ प्रतिशतले बढेको छ।

    बैंकिङ शून्य दशमलव ४८, वित्त एक दशमलव ५९, होटल तथा पर्यटन एक दशमलव ९९, जलविद्युत् एक दशमलव ४७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन एक दशमलव २२, लघुवित्त शून्य दशमलव ६० र निर्जीवन बीमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ।

    आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    सबैभन्दा बढी बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ।

    कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर लिमिटेडको २ अर्ब १ करोड २९ लाख ९३ हजार १४२ रुपैयाँ बराबरको ८६ लाख ७८ हजार २२५ कित्ता शेयर किनबेच भएको छ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार