बुधबार, बैशाख ३ २०८२    
Galaxy Khabar
SKIP THIS

२७०० ले बढेर सुनको भाउले बनायो रेकर्ड

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, बैशाख ३ २०८२
  • २७०० ले बढेर सुनको भाउले बनायो रेकर्ड

    काठमाडौँ । सुनको भाउले आज र्कीतिमान बनाएको छ ।

    सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो ।

    आज सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    नयाँ वर्ष २०८२ सालको कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । गएको चैत्र ३१ गते सुनको भाउ तोलाको एक लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार